मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

डा. वाग्ले नेप्लिज अमेरिकन सम्मेलनमा सहभागी हुँदै

डा. वाग्ले नेप्लिज अमेरिकन सम्मेलनमा सहभागी हुँदै


हिमालय खबर संबाददाता- 
लसएन्जलस (अमेरिका) एफ वान ग्रुपको आयोजनामा ​​जुलाई २  देखि ४  तारिख सम्म क्यालिफोर्नियाको लसएन्जल्स शहरमा हुन लागेको नेप्लिज अमेरिकन कन्भेन्सनको लागि नेपालबाट वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले को उपस्थिति हुने भएको छ I  
 
राष्ट्रिय योजना अयोगमा सदस्य समेत रहेर काम गरिसक्नुभएका वाग्लेले कन्भेन्सनमा बिशेष गरि युवाबर्गलाई प्रेरणा प्रदान गर्नेगरि संवोधन गर्नुहुनेछI  एक्काइसौ युगमा युवाहरुको आवश्यकता र राष्ट्रको आर्थिक सम्वृदि तथा विकासको निम्ति युवाहरुको भूमिका बारे उहाँले सहजिकरण गर्नु हुनेछ I
 
 वाग्लेले विश्वमा चर्चित अमेरिका स्थित हार्वर्ड युनिभर्सिटी, बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गर्भएको छI  ठुलो आर्थिक मुल्य चुकाएर अन्तराष्ट्रिय करियरलाई थाँति राख्दै राष्ट्रिय अर्थिक सम्वृदि एवं विकासका निम्ति मानव विकास प्रतिवेदन २०१३  सहलेखन गर्नुभएको छ I
 
 अनुभवी वरिष्ठ अर्थशास्त्री वाग्लेवाट कन्भेन्सन प्रभावकारी हुने विश्वास राख्दै कन्भेन्सनका मुख्य संयोजक बिश्व सुबेदीले नेपाली युवाबर्गको लागि ठूलो सुनौलो अवसर भएको उल्लेख गर्नुभयोI 

शेयर गर्नुहोस:

0
Shares