मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तान र भारत दुवैका लागि युद्ध राम्रो विकल्प होइन : शहबाज सरिफ

पाकिस्तान र भारत दुवैका लागि युद्ध राम्रो विकल्प होइन : शहबाज सरिफ


स्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताएका छन् ।  
 
अमेरिकाको हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरूको एक समूहसँग कुरा गर्दै उनले भने, “हामी वार्ताको माध्यमबाट भारतसँग स्थायी शान्ति चाहन्छौं किनभने युद्ध कुनै पनि देशका लागि राम्रो विकल्प होइन ।
 
सरिफले दक्षिण एसियामा दिगो शान्ति पाकिस्तान अधिनस्थ कश्मीर (पिओके) को समाधानसँग जोडिएको पनि बताए । दक्षिण एशियामा दिगो शान्ति संयुक्त राष्ट्रसंघको प्रस्ताव र कश्मीरीहरूको इच्छाअनुसार जम्मू र कश्मीर मुद्दाको समाधानसँग जोडिएको प्रधानमन्त्री सरिफलाई उद्धृत गरी द न्यूज इन्टरनेसनलले जनाएको छ ।
 
आणविक सम्पत्ति र पाकिस्तानको व्यावसायिक तालिम प्राप्त सेनाको बचाउ गर्दै उनले भने, “हामी हाम्रो सीमाको रक्षाका लागि हाम्रो सेनामा खर्च गर्छौं, आक्रमणका लागि होइन । प्रधानमन्त्री सरिफले भने, “इस्लामावाद र नयाँ दिल्लीबीच व्यापार, अर्थतन्त्र र दुई देशका जनताको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि सहकार्य हुनुपर्छ ।”
 
राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) कार्यक्रमका बारेमा सोधिएको एक प्रश्नको जवाफमा प्रधानमन्त्री सरिफले पाकिस्तानको आर्थिक संकट हालैका दशकहरूमा राजनीतिक अस्थिरतासँगै आएको संरचनागत समस्याका कारण उत्पन्न भएको बताए । एएनआई