मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्वकर्मचारी दोषी ठहर

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्वकर्मचारी दोषी ठहर


वासिङ्टन । साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्वकर्मचारी दोषी ठहरिएका छन् ।
 
बाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए ।
 
सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायधीसको इजलासले उनलाई सम्पत्ति शुद्धिकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड’को एकाउन्टमा पनि दोषी ठहर गरेको थियो । 
 
अबुअम्मो अन्य पाँच वटा अभियोगमा निर्दोष ठहरिएका छन् । अबुआम्मोले सन् २०१३ देखि २०१५ सम्म ट्वीटरमा काम गरेका थिए भने मध्यपूर्व र उत्तरी अफ्रिकाका उच्च प्रोफाइल प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन गरेका थिए ।
 
सञ्चार पोर्टलका अनुसार उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई पटक पटक उपलब्ध गराएका थिए, जसमा बेनामी रूपमा सञ्चालित अकाउन्ट ’मुज्तहिद’ पनि समावेश थियो । अभियोजक एरिक चेङले गत साता अन्तिम बहसमा अबुअम्मोले करिब एक वर्षसम्म आफ्नो वार्षिक तलबको तीन गुणा बढी घूस लिएको बताएका थिए ।
 
“हामी सबैलाई थाहा छ कि यस प्रकारको पैसा कुनै पनि चीजको लागि होइन । यद्यपि, ट्वीटरले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अबुअम्मो बुधबार अदालतमा सुनुवाइका लागि उपस्थित हुने कार्यक्रम छ । अमेरिकी सरकारले लेबनानी मुलका अमेरिकी नागरिक अबुअम्मोलाई साउदी सरकारको ओहदामा उक्लँदै गरेका बादर बिनासेकर नामका व्यक्तिले उक्त योजनामा सामेल गराएको बताएको छ । 
 
तीन सन्तानका पिता अबुअम्मोलाई सन् २०१९ मा सियाटलमा मुद्दा चलाइएको थियो, जहाँ उनी त्यतिबेला बस्थे र अमेजन इंकमा तीन वर्षपछि सोसल मिडिया कन्सल्टेन्टका रूपमा काम गरिरहेका थिए ।
 
उनले आफू निर्दोष रहेको दाबी गरेका थिए । अभियोजकहरूका अनुसार यो योजना सन् २०१४ को ग्रीष्मऋतुमा सुरु भएको थियो ।  अबुआम्मोले ट्वीटरको मुख्यालयको भ्रमणका क्रममा तत्कालीन साउदी युवराज मोहम्मद बिन सलमानका सहयोगी बिनासेकरलाई भेटेका थिए । त्यसको केही समयपछि नै यी दुईबीच निकट सम्बन्ध बनेको थियो । करिब छ महिनापछि, डिसेम्बरमा अबुअम्मोले कामको सिलसिलामा लण्डनमा बिनासेकरलाई भेटेका पाइएको छ । 
 
एरिक चेङले भन्नुभयो, “उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ । त्यो लक्जरी घडी निः शुल्क थिएन,” “राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ ।” 
 
अमेरिकी सरकारका अनुसार अबुअम्मोसँग उनका सहकर्मी अली अल्जाबराह पनि सामेल थिए, जसले ट्वीटरका लागि वेबसाइट मर्मत गरुको र उनलाई बिनासेकरसँग परिचय गराएको पुष्टि भएको छ ।
 
न्याय विभागले अल्जाबराह र अर्का व्यक्ति अहमद अलमुताइरीलाई साउदी अरेबियालाई निजी ट्विटर प्रयोगकर्तालाई जानकारी दिन भूमिका खेलेको आरोपमा विदेशी सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोप लगाएको छ ।
 
साउदी नागरिक अलमुताइरीले साउदी राजपरिवारका लागि काम गर्ने एक सामाजिक सञ्जाल कम्पनीलाई नियन्त्रण गरेको र अबुअम्मोलाई यस योजनामा भर्ना गर्न सहयोग गरेको अमेरिकी सरकारले जनाएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

81
Shares