मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी, व्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी, व्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा


बेइजिङ । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ । 
 
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले  यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ । 
 
पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ(फायर सैन्य अभ्यास गरिरहेका छन् । यो सँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् ।
 
केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखा जस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन्, ।
 
चीनले ताइवानलाई  विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने  कुराको विरोध गरिरहेको छ तर साभामुख  पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ। 
 
यसैबीच, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जापानलगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । 
 
उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् । एएनआई
 

शेयर गर्नुहोस:

162
Shares