मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

थाइल्याण्डको रात्रि क्लबमा आगलागी, कम्तीमा १४ जनाको मृत्यु, ३५ जना घाइते

थाइल्याण्डको रात्रि क्लबमा आगलागी, कम्तीमा १४ जनाको मृत्यु, ३५ जना घाइते


बैङ्कक । थाइल्याण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 
 
आगलागीमा परी अरु ३५ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये १० पुरुष र चार महिला रहेका छन् । उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ । 
 
घटना भएको थाहा पाउना साथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरु घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए । घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  
 
घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा
 

शेयर गर्नुहोस:

135
Shares