मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टोकियोमा आयोजित नेपाल फेष्टिवलको राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा उद्घाटन

टोकियोमा आयोजित नेपाल फेष्टिवलको राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा उद्घाटन


टोकियो । जापानको राजधानी टोकियोमा यही जुलाई ३० र ३१ तारिख आयोजना गरिएको नेपाल फेस्टिवलमा प्रमुख अतिथिका रुपमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका छन् । 
 
उद्घाटन कार्यक्रममा जापानको परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका अधिकारी कानो ताकेहिरोर्ड, नाकानोका मेयर साकाई नाओतो, इभेन्ट पार्टनर साहो स्युइचीलगायतका जापनिज अतिथिहरुको सहभागिता थियो । 
 
कार्यक्रममा जातजातिका संस्कृति झल्काउने भेषभूषा, बाजागाजासहितको झाँकी, नृत्य तथा अन्य सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

 
जापानमा नेपाल र नेपालीको पहिचानको प्रवर्द्धन गर्ने, नेपाली उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने र नेपालको पर्यटन प्रवर्द्धनलाई जापानमा बिस्तार गर्नेलगायतका उद्देश्यले फेष्टिवल आयोजना गरिएको आयोजक संस्था एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । 

Advertisement
 
सन् २००७ देखि जापानमा हुँदै आएको नेपाल फेस्टिबलको यो १२ औँ संस्करण हो । कोभिड १९ का कारण बितेका केही वर्ष भने फेस्टिवल हुन सकेको थिएन ।  जापानमा कोभिट संक्रमण बढिरहेका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फेष्टिवल आयोजना गरिएको बताइएको छ। 

 
फेस्टिवल अवधिभर नेपाली तथा जापानी ब्याण्ड तथा कलाकारहरुको लाइभ कन्सर्ट, फुड प्रतियोगिता, छात्रवृत्ति वितरण हुने एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले बताए । 
 
नेपाल र जापानबीच स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बीचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढावा दिन, नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतिसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू राखिएका एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले बताए ।

 
लगत्तै जापानको फुकुओकामा आगामी अगष्ट ६ मा र नागोयामा आगामी सेप्टेम्बर ३ र ४ मा नेपाल फेस्टिबल आयोजना गरी तयारी तीव्र पारिएको छ। 
 
एनआरएनए आइसिसी सदस्यसमेत रहेका जापानको नागोया सहरमा हुने फेष्टिवलका संयोजक दीपक कार्कीले फेष्टिवल सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरेका छन् । 

शेयर गर्नुहोस:

81
Shares