मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

काङ्ग्रेस नेत्री सोनिया गान्धीको बयान जारी

काङ्ग्रेस नेत्री सोनिया गान्धीको बयान जारी


याँ दिल्ली । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले आज पनि सोधपुछ गरेको छ । 
 
इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् । इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मङ्गलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । 
 
नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो ।
 
यसैबीच, काङ्ग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको  विरोधमा प्रदर्शन गरेका छन् । राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस  नेता अशोक गहलोतले देशमा इडीको आतङ्क फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट  समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन् । 
 
काङ्ग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको इडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेशनमा रेल रोक्न प्रयास गरेका छन् ।

इडीले शक्तिको दुरूपयोग गरी  विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् । एजेन्सी