मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गरी हत्या, विश्वका नेताहरुद्वारा गहिरो शोक व्यक्त

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गरी हत्या, विश्वका नेताहरुद्वारा गहिरो शोक व्यक्त


तोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गरी हत्या भएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेको अवस्थामा उनलाई शुक्रबार बिहान गोली हानिएको थियो ।
 
सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको थियो । गोली प्रहारकाट गम्भीर घाइते भएका उनको नाराको स्थानीय प्रहरीले उनलाई नारा मेडिकल युनिभर्सिटीको सघनकक्षमा भर्ना गरिएकोमा उपचारका क्रममा भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् । 
 
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ । 
यसैबीच, विश्व नेताहरूद्वारा नेता आबेमाथि भएको आक्रमणको निन्दा गर्दै त्यसलाई अक्षम्य र पासविक हत्याको संज्ञा दिएका छन् । साथै उनीहरूले नेता आबेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र जापानी नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका छन् ।  
 
“यो आक्रमण चुनावको समयमा भएको क्रुर र निन्दनीय कार्य हो, चुनाव लोकतन्त्रको आधार हो, आक्रमण अक्षम्य छ,” आबेप्रति श्रद्धा अर्पण गर्दै प्रधानमन्त्री फुमियोले भने ।
 
प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री सिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका छन् ।

“मेरो हार्दिक श्रद्धाञ्जली ! उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।  

 
उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् ।  
 
यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ताइवानका राष्ट्रपति साइ इङ वेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलवान्से, सिङ्गापुरका प्रधानमन्त्री ली सिङ लुङ, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्न, थाइल्याण्डका उपप्रधानमन्त्री डोन प्रमोद्विनेले शोक तथा समवेदना प्रकट गरेका छन् । 
 
यस्तै, दक्षिण कोरियाका विदेशमन्त्री पार्क जीन, इण्डोनेशियाका विदेशमन्त्री रेण्टो मार्सुदी, फिलिपिन्सका विदेशमन्त्री इनरिक मनालो, अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङकेन, रूसका विदेशमन्त्री सेर्गेइ लाभारोभ, जापानका लागि अमेरिकाका राजदूत रम इम्यानुएलले पूर्वप्रधानमन्त्री आबेको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । एजेन्सी