नयाँ दिल्ली । भारतको संघीय राजधानी दिल्लीको जल तथा वायु प्रदूषण नियन्त्रणका लागि सरकारले विद्युतीय सवारी साधन तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विविध विकल्पहरूको प्रयोग गरिरहेको छ ।
चिसो मौसममा वायु प्रदूषणका कारण भारतीय राजधानीमा प्रदूषित ग्यासको अत्यधिक भण्डारणले यहाँका मानिसहरू प्रदूषित वातावरणमा जिउन बाध्य बनेका छन् । यहाँ फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ ।
सहरबाट निस्केको फोहोरका चाङहरू सहर वरीपरी थुपारिँदा पछिल्ला बर्षमा उक्त क्षेत्रमा वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढेको छ ।
दिल्ली राज्यका वातावरण मन्त्री गोपाल राईले प्रदूषण नियन्त्रणका लागि यो बर्षको जुलाई र अगस्टसम्म अर्थात् मनसुनी याममा ३५ लाख औषधिजन्य बोटबिरूवा रोपिने बताए ।
यसअन्तर्गत दिल्लीमा सहरी खेतीदाई समेत प्रोत्साहन गर्ने बताइएको छ । यसले नागरिकलाई घरमा उत्पादित तरकारी प्रयोगको संस्कृति विकास गर्ने कार्बन उत्सर्जन तहलाई नियन्त्रणमा राख्ने प्रयास गरिने उनले बताए ।
दिल्ली सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको र यहाँका सडकमा अन्य राज्यमा भन्दा बढी विद्युतीय सवारी साधन चलिरहेको देख्न पाइन्छ ।
यसै वर्षको अप्रिलमा सरकारले ल्याएको मौद्रिक नीतिमा विद्युतीय गाडीमा कर छूट दिँदै देशमा नै यसो गर्ने पहिलो राज्य बन्न सफल भएको छ । एजेन्सी
प्रतिक्रिया