मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुसविरुद्ध लड्न थप सहयोग माग

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुसविरुद्ध लड्न थप सहयोग माग


कि । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन् । 
 
उनले नेटाको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन् । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरेका हुन् ।  
 
उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए । राष्ट्रपति जेलेन्स्कीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगतरुपमा सुरक्षाको आवश्यकता परेको बताए । 
 
युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसकाविरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले सो सहयोगको खाँचो औँल्याए । 
 
साथै, उनले युक्रेनका लागि प्रतिमहिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको पनि बताएका छन् । रुसको म्याड्रिडमा यही जुन २८ तारिखदेखि नेटोको सम्मेलन सुरु भएको छ । सो सम्मेलन जारी रहेको बताइएको छ । एजेन्सी

शेयर गर्नुहोस:

324
Shares