मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रूसी आक्रमणपश्चात दश लाख युक्रेनी स्वदेश फर्केका किभको दाबी

रूसी आक्रमणपश्चात दश लाख युक्रेनी स्वदेश फर्केका किभको दाबी


कि । रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका किभको सीमा सुरक्षा बलले बुधबार बताएको छ । 
 
युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।” 
 
उनले भने, “मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।” डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाले युद्धको कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने उनले बताएका छैनन् । 
 
अवैधरुपमा सीमा पार गर्न खोजेको आरोपमा दुई हजारभन्दा बढीलाई पक्राउ गरिएको पनि उनले बताए । संयुक्त राष्ट्रसंघले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण सुरु गरेदेखि नै ५० लाखभन्दा बढी युक्रेनीहरू देशबाट भागेको बताएको छ । 
 
संयुक्त राष्ट्र शरणार्थी निकाय युएनसीएचआरले रूसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ । 
 
युएनएचसीआरका उपप्रमुख केली टि क्लेमेन्ट्सले भने, “यस द्वन्द्वको आठ हप्तापछि हामी ५० लाख पुगेका छौँ र क्षति र चोट ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौँ ।”
 
यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा द्रूत गतिमा बढ्दै गइरहेको शरणार्थी संकट हो । युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन् ।
 
किभका मेयर भिटाली क्लिट्सचकोले यस महिनाको सुरुतिर भागेका शहरका बासिन्दाहरू अझै रूसले क्षेप्यास्त्र हमलाद्वारा राजधानीलाई लक्षित गरिरहेको कारण अहिलेसम्म घर फर्किने वा नफर्किने भन्नेमा अन्योलमा नै रहेका छन् । एजेन्सी

शेयर गर्नुहोस:

675
Shares