मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो


स्को । रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।  
 
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च २४ मा राज्य डुमाका ३२८ सांसदहरूविरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को लहरको प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।   
 
रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टरसहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो । यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ ।
 
गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी सेनाहरूविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपिल गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको हो । एजेन्सी
 

शेयर गर्नुहोस:

783
Shares