मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह

युक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह


बेइजिङ । चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार युक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् ।  
 
प्रवक्ता झाओ लिजियानले युक्रेन सङ्कटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाइ राखेका हुन् ।  
 
रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमेरिकी अधिकारीले बताएको भन्ने सूचना अमेरिकी सरकारले नेटो र केही एसियाली सहयोगीहरुमार्फत् पाएको भन्ने सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा कुनै सत्यता नरहेको उनले बताए । 
 
रुसले चीनसँग सैन्य सहयोग माग्न अस्वीकार गरेको उल्लेख गर्दै विसङ्गत सूचना सिर्जना गर्ने र फैलाउने जस्ता कार्य गैरव्यावसायिक, अनैतिक र गैरजिम्मेवार हुने हुँदा जिम्मेवार मुलुकले यसो गर्नु नहुने झाओले बताए ।  
 
झाओले भने, “संयुक्त राज्य अमेरिकाले युक्रेन संकटको विकासमा निर्वाह गरेको भूमिकालाई गहिरिएर विचार गर्नुपर्छ र युक्रेनको स्थितिलाई कम गर्न ठोस प्रयास गर्नुपर्छ ।” एजेन्सी

शेयर गर्नुहोस:

351
Shares