न्यूयोर्क । संयुक्त राष्ट्रसंघ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन् ।
म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु, अध्यक्षले विज्ञप्तिमार्फत् सो आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रहरूलाई आफ्ना अन्तरराष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गरेका हुन् ।
म सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन र अन्तरराष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न मेरो आह्वान पुनः दोहोर्याउँछु, उनले भने ।
शाहिदले भने, युक्रेन र यहाँका जनतालाई मानवीय सहायताको लागि अहिले सुरक्षित र निर्बाध पहुँच प्राथमिकता र समयको आवश्यकता हो । सिन्ह्वा
प्रतिक्रिया