जेनेभा । अफगानिस्तानमा तालिबानले अगस्तमा सत्ता लिएदेखि १०० भन्दा बढी गैरन्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिवान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।
अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरे पनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको विषय भएको संयुक्त राष्ट्रसंघका उपअधिकार प्रमुख नाडा अल–नासिफले बताए ।
उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई भने, “अगस्त–नोभेम्बरसम्ममा हामीले पूर्वअफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्वसरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ । यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उनले बताउ ।
“थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिकरूपमा प्रदर्शन गरिनुले समस्या झनै जटिल भएको देखिन्छ”, उनले भने ।
संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मंगलबार गरेको अपडेटमा अल–नशिफले भने, “जिहादी इस्लामिक स्टेट–खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरूद्ध पनि त्यस्तै आरोप लागेको छ । एजेन्सी
प्रतिक्रिया