मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा एक जनाको मृत्यु

सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा एक जनाको मृत्यु


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन् । 
 
महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका हुन् । उनले भनेका छन्, विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चलान गर्नुपर्छ । 
 
विश्व सडक दुर्घटनाविरुद्धको दिन २१ नोभेम्बरका दिन दिएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेका हुन् । 
 
उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरुलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन् । 
 
यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उहाँले विश्वका देशहरुलाई आग्रह गरेका हुन् । एजेन्सी

शेयर गर्नुहोस:

513
Shares