बिश्व घटना

मस्को र अङ्काराले क्षेत्रीय सन्तुलनका लागि ‘सम्झौता’ गरेर अघि बढ्ने : पुटिन

मस्को र अङ्काराले क्षेत्रीय सन्तुलनका लागि ‘सम्झौता’ गरेर अघि बढ्ने : पुटिन


स्को । राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका नेता रेसेप तैयप एर्दोगानसँगको वार्तामा तयारी हुँदैगर्दा बुधबार मस्को र अङ्काराले क्षेत्रीय सुरक्षाका लागि ‘सम्झौता’ खोज्ने क्षमताको रहेको बताएका छन् । 
 
उनले भने, “रूस र टर्कीले ऐतिहासिकरूपमा जटिल सम्बन्धहरू राखेका छन् । यसले क्षेत्रीय प्रतिस्पर्धाहरूलाई सन्तुलनमा राखेको छ र आर्थिक तथा रणनीतिक हितहरूमा साझा आधार पत्ता लगाएका छन् ।” 
 
पुटिनले सोचीको ब्ल्याक सी रिसोर्ट सहरमा आफ्नो निवासमा सीमित पत्रकारहरूको उपस्थितिमा भने, “वार्ता कहिलेकाहीं कठिन हुन्छ तर यसबाट अन्त्यमा सकारात्मक नतिजा प्राप्त हुनसक्छ ।” दुई देशले ‘दुवै पक्षका लागि अनुकूल सम्झौता गर्न सिकेको छन्’ भन्दै वार्ताबाट सकारात्मक नतिजा निस्कनेमा विश्वास व्यक्त गरे । 
 
आफ्ना रूसी समकक्षीसँग नियमित भेट हुने भन्दै एर्दोगानले टर्की र रूसले सम्बन्धलाई बलियो बनाइराख्नु दुवै मुलुकका साथै क्षेत्रीय सुरक्षा सन्तुलनमा आवश्यक हुने पुष्टि गरेका छन् ।  
 
विगतमा पनि पुटिनसँग निरन्तर भेट तथा वार्ता गर्दै आएका एर्दोगानले भने, “सिरियासँग सम्बन्धित बिषयमा हामीले लिएका कदमहरू अत्यन्तै महत्त्वपूर्ण छन् ।” “त्यहाँको शान्ति टर्की–रूस सम्बन्धमा निर्भर छ ।” 
 
उनीहरूको द्वन्द्वको बावजुद, मस्को र पश्चिम तथा अङ्काराको नाटो सहयोगी राष्ट्रहरूसँग पछिल्लो समय विवादित सम्बन्धका कारण हालका वर्षहरूमा यी दुई देशहरू नजिक भएका छन् । हालैका वर्षहरूमा यी दुई शक्तिहरूबीच खासगरी सिरियाका बिषयमा विवाद रहँदै आएको छ । मस्को र अङ्काराले सिरियाली गृहयुद्धमा परस्पर विरोधी शक्तिहरूलाई समर्थन दिँदै आएका छन् । 
 
अर्मेनिया र अजरबैजानबीच भएको द्वन्द्वमा गत वर्ष टुक्रिएको क्षेत्र नागोर्नो–काराबाखको विषयमा पनि तिनीहरूबीच भिन्नता देखिएको थियो । एएफपी