मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाल अमेरिका कलाकार संघको अध्यक्षमा निशा सुनार निर्वाचित

नेपाल अमेरिका कलाकार संघको अध्यक्षमा निशा सुनार निर्वाचित


न्युयोर्क । कलाकार निशा सुनारको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघको नयाँ कार्यसमिति चयन भएको छ । गत साता न्युयोर्कमा सम्पन्न भएको चौथो अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।  
 
अभय ढुंगेलको संरक्षकत्वमा बसन्ती राई वरिष्ठ उपाध्यक्ष र विमल डाँगी, विक्की पुलामी, ऐट्ना कार्की र राजेन्द्र राईलाई उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै महासचिवमा संगीता थापा, सचिवमा मधुकुमार गिरी (मधुर) कोषाध्यक्षमा पुष्कर बराल र सहकोषाध्यक्षमा पूजा न्यौपाने निर्वाचित गरेको छ । यसैगरी युथ कोर्डिनेटर दिलीपकुमार श्रीस र बोर्ड सदस्यहरुमा चिनियाँलाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई चुनिएका छन् । 

 
 

कार्यसमितिलाई गायिका सपना श्रीले कार्यसमितिलाई अबिर र खादा लगाई बधाई दिएकी थिइन् । कार्यक्रममा वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डँगोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरबीर गुरुङ, सन्जोक लामा योन्जन, नायक बिक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्द, बिके नेवा, सुनिता कोइराला र अंकुर लुईंटेललगायतको उपस्थिति रहेको थियो । 

Advertisement
 
 
एनआरएनका सल्लाहकार वीरेन्द्रजँग केसी, सफक काऊन्टी नेपाली समाजका अध्यक्ष दिनेश डाँगी, यु।एस। नेपाल क्लाइम्बर्स संघका अध्यक्ष पासाङ निमा शेर्पा, बिन्दबासिनी म्युजिकका सञ्चालक सदस्य रोजवे रेग्मी, एनआरएनए न्युयोर्कका उपाध्यक्ष शोभाकान्त पाण्डे, स्याङ्जा समाजका अध्यक्ष बिमला हमाललगायतका संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा सोमनाथ घिमिरे प्रमुख निर्वाचन आयुक्त, मनिता गुरुङ र विष्णु राना मगर निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन पर्यवेक्षक समितिमा केशवराम राई, गोमा योन्जन, सुमन थाम्साहाङ लिम्बु र नवराज केसी थिए ।
 

शेयर गर्नुहोस:

486
Shares