हिरोसिमा, जापान । जापानी सहर हिरोसिमामा भएको आणविक बम विस्फोटको ७६ औँ वर्ष पुगेको दिन शुक्रबार हिरोसिमा सहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ ।
यो वर्ष हिरोसिमा सहरले अगस्त ६, १९४५ मा सहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत् स्मरण गरेको छ । शुक्रबार बिहान ८ः१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ ।
सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस सहरमा बम विस्फोट भएको थियो । जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, “जापानी प्रधानमन्त्री योसिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निरस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।
हिरोसिमा सहरका मेयर काजुमी मात्सुईले देशलाई आणविक प्रतिरोधमा विश्वास गर्नको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गरेका थिए ।
दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आक्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोसिमामा परमाणु बम खसालेको थियो । यसको तीन दिनपछि वासिङ्टनले जापानी सहर नागासाकीमा पनि अर्को परमाणु बम खसालेको थियो ।
ती दुई घटनामा हजारौँ मानिसको ज्यान गएको थियो भने नागासाकी बम विस्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट युद्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आत्मसमर्पण गरेको थियो । एएनआई
प्रतिक्रिया