नयाँ दिल्ली । भारतका थप ३९ हजार ३६१ हजार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४१६ जनाको मृत्यु पनि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कुल चार लाख २० हजार ९६७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै भएकाहरूको कूल सङ्ख्या चार लाख ११ हजार १८९ रहेको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ९६८ मा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म तीन करोड पाँच लाख ७९ हजार १०६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३५ प्रतिशत हो । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४३.५१ करोड मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।
त्यसैगरी देशभरी अहिलेसम्म ४५.७४ करोड ७४ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । एएनआई
प्रतिक्रिया