मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर १८ करोड १३ लाख बढीमा कोरोना संक्रमण, ३९ लाख २८ हजारले गुमाए ज्यान

विश्वभर १८ करोड १३ लाख बढीमा कोरोना संक्रमण, ३९ लाख २८ हजारले गुमाए ज्यान


काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १८ करोड १३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड १३ लाख ५५ हजार नाघेका छन् । कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २८ हजार ७४१ जनाको मृत्यु भएको छ ।  
 
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा संक्रमितको कुल संख्या तीन करोड ४५ लाख पुगेको छ भने छ लाख १९ हजार १६२ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, दोस्रोमा बढी संक्रमित हुने मुलुकमा भारत रहेको छ । भारतमा कुल तीन करोड २ लाख २८ हजार ७०९ जना संक्रमित रहेकोमा तीन लाख ९५ हजार ७१५ जनाले ज्यान गुमाएका छन् । यस्तै, तेस्रोमा ब्राजिल सबैभन्दा प्रभावित बनेको छ । ब्राजिलमा कुल एक करोड ८३ लाख २२ हजार १४३ जना संक्रमित रहेका छन् भने पाँच लाख ११ हजार २७२ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, फ्रान्समा ५८ लाख २१ हजार ७९७ संक्रमित रहेकोमा एक लाख १० हजार ९९३ जनाले ज्यान गुमाएका छन् । रुसमा ५४ लाख ३० हजार ७५३ जना संक्रमित भएकोमा एक लाख ३२ हजार ६८३ जनाको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या ५३ लाख ९८ हजार ८७८ रहेकोमा ४९ हजार ४७३ जनाको मृत्यु भएको छ ।
 
यसैगरी, बेलायतमा कुल ४७ लाख जना संक्रमित रहेकोमा एक लाख २८ हजार २७२ जनाको निधन भएको छ । अर्जेन्टिनामा कुल संक्रमित ४३ लाख ७५  हजार छन् भने ९१ हजार ९७९ जनाले ज्यान गुमाएका छन् । इटालीमा ४२ लाख ५६ हजार ४५१ संक्रमित रहेकोमा एक लाख २७ हजार ४१८ जनाको मृत्यु भएको छ ।  
 
कोलम्बियामा ४० लाख ९३ हजार जना संक्रमित भएकोमा एक लाख ३ हजार ३२१ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ३७ लाख ८२ हजार ४६३ जना संक्रमित रहेकोमा ८० हजार ७७९ को ज्यान गएको छ । 
 
यस्तै, जर्मनीमा कुल ३७ लाख ३३ हजार ६६५ जना संक्रमित रहेकोमा ९१ हजार २८१ जनाले ज्यान गुमाएका छन् । इरानमा ३१ लाख ५७ हजार ९८३ जना संक्रमित भएकोमा ८३ हजार ७११ जनाको मृत्यु भएको छ । पोल्याण्डमा २८ लाख ८० हजार जनामा कोरोना संक्रमण भएकोमा ७४ हजार ९७४ जनाको निधन भएको छ । 
 
यस्तै, मेक्सिकोमा २४ लाख ९८ हजार ७८४ जना संक्रमित रहेकोमा दुई लाख ३२ हजार ३४६ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो विवरण विश्वभरका सबैभन्दा बढी प्रभावित १५ मुलुकको हो । (एजेन्सीहरुको सहयोगमा) 

शेयर गर्नुहोस:

135
Shares