काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १८ करोड १३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड १३ लाख ५५ हजार नाघेका छन् । कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २८ हजार ७४१ जनाको मृत्यु भएको छ ।
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा संक्रमितको कुल संख्या तीन करोड ४५ लाख पुगेको छ भने छ लाख १९ हजार १६२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, दोस्रोमा बढी संक्रमित हुने मुलुकमा भारत रहेको छ । भारतमा कुल तीन करोड २ लाख २८ हजार ७०९ जना संक्रमित रहेकोमा तीन लाख ९५ हजार ७१५ जनाले ज्यान गुमाएका छन् । यस्तै, तेस्रोमा ब्राजिल सबैभन्दा प्रभावित बनेको छ । ब्राजिलमा कुल एक करोड ८३ लाख २२ हजार १४३ जना संक्रमित रहेका छन् भने पाँच लाख ११ हजार २७२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, फ्रान्समा ५८ लाख २१ हजार ७९७ संक्रमित रहेकोमा एक लाख १० हजार ९९३ जनाले ज्यान गुमाएका छन् । रुसमा ५४ लाख ३० हजार ७५३ जना संक्रमित भएकोमा एक लाख ३२ हजार ६८३ जनाको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या ५३ लाख ९८ हजार ८७८ रहेकोमा ४९ हजार ४७३ जनाको मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा कुल ४७ लाख जना संक्रमित रहेकोमा एक लाख २८ हजार २७२ जनाको निधन भएको छ । अर्जेन्टिनामा कुल संक्रमित ४३ लाख ७५ हजार छन् भने ९१ हजार ९७९ जनाले ज्यान गुमाएका छन् । इटालीमा ४२ लाख ५६ हजार ४५१ संक्रमित रहेकोमा एक लाख २७ हजार ४१८ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ४० लाख ९३ हजार जना संक्रमित भएकोमा एक लाख ३ हजार ३२१ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ३७ लाख ८२ हजार ४६३ जना संक्रमित रहेकोमा ८० हजार ७७९ को ज्यान गएको छ ।
यस्तै, जर्मनीमा कुल ३७ लाख ३३ हजार ६६५ जना संक्रमित रहेकोमा ९१ हजार २८१ जनाले ज्यान गुमाएका छन् । इरानमा ३१ लाख ५७ हजार ९८३ जना संक्रमित भएकोमा ८३ हजार ७११ जनाको मृत्यु भएको छ । पोल्याण्डमा २८ लाख ८० हजार जनामा कोरोना संक्रमण भएकोमा ७४ हजार ९७४ जनाको निधन भएको छ ।
यस्तै, मेक्सिकोमा २४ लाख ९८ हजार ७८४ जना संक्रमित रहेकोमा दुई लाख ३२ हजार ३४६ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो विवरण विश्वभरका सबैभन्दा बढी प्रभावित १५ मुलुकको हो । (एजेन्सीहरुको सहयोगमा)







प्रतिक्रिया