मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर १८ करोड बढीमा कोरोना संक्रमण, ३९ लाखले गुमाए ज्यान

विश्वभर १८ करोड बढीमा कोरोना संक्रमण, ३९ लाखले गुमाए ज्यान


काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १८ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड १० हजार नाघेका छन् । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख बढीको मृत्यु भएको छ ।  
 
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा संक्रमितको कुल संख्या तीन करोड ४५ लाख पुगेको छ भने छ लाख १७ हजार ८७५ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, दोस्रोमा बढी संक्रमित हुने मुलुकमा भारत रहेको छ । भारतमा कुल तीन करोड २८ हजार ७०९ जना संक्रमित रहेकोमा तीन लाख ९० हजार ६६० जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, तेस्रोमा ब्राजिल सबैभन्दा प्रभावित बनेको छ । ब्राजिलमा कुल एक करोड ८० लाख ५४ हजार ६५३  जना संक्रमित रहेका छन् भने पाँच लाख ४ हजार ७१७ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, फ्रान्समा ५८ लाख २१ हजार ७९७ संक्रमित रहेकोमा एक लाख १० हजार ९९१ जनाले ज्यान गुमाएका छन् । टर्कीमा  संक्रमितको संख्या ५३ लाख ८१ हजार ७३६ रहेकोमा ४९ हजार २९३ जनाको मृत्यु भएको छ । रुसमा ५३ लाख ६ हजार ६९ जना संक्रमित भएकोमा एक लाख २८ हजार ७१९ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, बेलायतमा कुल ४६ लाख ६८ हजार ४३ जना संक्रमित रहेकोमा एक लाख २८ हजार २७२ जनाको निधन भएको छ । अर्जेन्टिनामा कुल संक्रमित ४२ लाख ९८ हजार ७८२ छन् भने ९० हजार २८१ जनाले ज्यान गुमाएका छन् । इटालीमा ४२ लाख ५४ हजार २९४ संक्रमित रहेकोमा एक लाख २७ हजार ३२२ जनाको मृत्यु भएको छ । 
 
कोलम्बियामा ३९ लाख ९७ हजार २१ जना संक्रमित भएकोमा एक लाख १ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ३७ लाख ६८ हजार ६९१ जना संक्रमित रहेकोमा ८० हजार ७१९ को ज्यान गउको छ । 
 
यस्तै, जर्मनीमा कुल ३७ लाख ३१ हजार ५०२ जना संक्रमित रहेकोमा ९० हजार ५५५ जनाले ज्यान गुमाएका छन् । इरानमा ३१ लाख १७ हजार ३३६ जना संक्रमित भएकोमा ८३ हजार २१७ जनाको मृतयु भएको छ । पोल्याण्डमा २८ लाख ७९ हजार १९२ जनामा कोरोना संक्रमण भएकोमा ७४ हजार ८९३ जनाको निधन भएको छ । 
 
यस्तै, मेक्सिकोमा २४ लाख ८२ हजार ७८४ जना संक्रमित रहेकोमा दुई लाख ३१ हजार ५०५ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो विवरण विश्वभरका सबैभन्दा बढी प्रभावित १५ मुलुकको हो । (एजेन्सीहरुको सहयोगमा)