काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १८ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड १० हजार नाघेका छन् । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख बढीको मृत्यु भएको छ ।
जसमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा संक्रमितको कुल संख्या तीन करोड ४५ लाख पुगेको छ भने छ लाख १७ हजार ८७५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, दोस्रोमा बढी संक्रमित हुने मुलुकमा भारत रहेको छ । भारतमा कुल तीन करोड २८ हजार ७०९ जना संक्रमित रहेकोमा तीन लाख ९० हजार ६६० जनाले ज्यान गुमाएका छन् ।
यस्तै, तेस्रोमा ब्राजिल सबैभन्दा प्रभावित बनेको छ । ब्राजिलमा कुल एक करोड ८० लाख ५४ हजार ६५३ जना संक्रमित रहेका छन् भने पाँच लाख ४ हजार ७१७ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, फ्रान्समा ५८ लाख २१ हजार ७९७ संक्रमित रहेकोमा एक लाख १० हजार ९९१ जनाले ज्यान गुमाएका छन् । टर्कीमा संक्रमितको संख्या ५३ लाख ८१ हजार ७३६ रहेकोमा ४९ हजार २९३ जनाको मृत्यु भएको छ । रुसमा ५३ लाख ६ हजार ६९ जना संक्रमित भएकोमा एक लाख २८ हजार ७१९ जनाको मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा कुल ४६ लाख ६८ हजार ४३ जना संक्रमित रहेकोमा एक लाख २८ हजार २७२ जनाको निधन भएको छ । अर्जेन्टिनामा कुल संक्रमित ४२ लाख ९८ हजार ७८२ छन् भने ९० हजार २८१ जनाले ज्यान गुमाएका छन् । इटालीमा ४२ लाख ५४ हजार २९४ संक्रमित रहेकोमा एक लाख २७ हजार ३२२ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ३९ लाख ९७ हजार २१ जना संक्रमित भएकोमा एक लाख १ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ३७ लाख ६८ हजार ६९१ जना संक्रमित रहेकोमा ८० हजार ७१९ को ज्यान गउको छ ।
यस्तै, जर्मनीमा कुल ३७ लाख ३१ हजार ५०२ जना संक्रमित रहेकोमा ९० हजार ५५५ जनाले ज्यान गुमाएका छन् । इरानमा ३१ लाख १७ हजार ३३६ जना संक्रमित भएकोमा ८३ हजार २१७ जनाको मृतयु भएको छ । पोल्याण्डमा २८ लाख ७९ हजार १९२ जनामा कोरोना संक्रमण भएकोमा ७४ हजार ८९३ जनाको निधन भएको छ ।
यस्तै, मेक्सिकोमा २४ लाख ८२ हजार ७८४ जना संक्रमित रहेकोमा दुई लाख ३१ हजार ५०५ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो विवरण विश्वभरका सबैभन्दा बढी प्रभावित १५ मुलुकको हो । (एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया