मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल—रसिया सम्बन्ध हीरक वर्षमा

नेपाल—रसिया सम्बन्ध हीरक वर्षमा


काठमाडौँ । नेपाल र रुसी महासङ्घबीचको कुटनीतिक सम्बन्ध बुधबारदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । 

 
द्विक्षीय दौत्य सम्बन्ध स्थापनाको हीरक वर्ष प्रवेशका अवसरमा दुबै मुलुकका उच्च सरकारी अधिकारीले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा तथा रुसी महासङ्घका विदेशमन्त्री सेर्गेइ लाभारोभले आज एक अर्कालाई शुभकामना एवम् बधाइ सन्देश आदानप्रदान गरेर त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 
यसै अवसरमा आफ्ना समकक्षी लाभारोभलाई आज एक बधाई सन्देश पठाउँदै उपप्रधानमन्त्री थापाले नेपाल र रसियाबीचको सम्बन्ध आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रुपमा रहेको उल्लेख गर्दै नेपालको सामाजिक—आर्थिक विकासको आधार खडा गर्न रसियाले निर्वाह गरेको योगदानको स्मरण गर्नुभएको छ । 
 
सन्देशमा उहाँले गत वर्ष नयाँ संविधान जारी भएसँगै नेपालले आन्तरिक एवम् बाह्य स्रोतको अधिकतम परिचालन गरी मुलुकको सामाजिक¬—आर्थिक विकास गर्न चाहेको बताउनुभएको छ । 
 
त्यसैगरी विदेशमन्त्री लाभारोभले उपप्रधानमन्त्री थापालाई पठाउनुभएको सन्देशमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई रसियाले उच्च महत्व दिएको बताउँदै निष्पक्ष एवम् लोकतान्त्रिक विश्व व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय कानुनको सर्वोच्चता पालना गर्ने हाम्रा सिद्धान्तले दुबै मुलुकलाई एकाकार गरेका उल्लेख गर्नुभएको छ । 
 
साथै उहाँले रसिया र नेपालबीच राजनीतिक संवाद प्रवद्र्धन गर्न आफू सदासर्वदा लागिरेको सन्देशमा बताउनुभएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares