मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
बिश्व घटना   
मुख्य समाचार   

एनआरएनए अमेरिकाको निर्वाचन जुलाई भित्रै हुने

एनआरएनए अमेरिकाको निर्वाचन जुलाई भित्रै हुने

निर्वाचन समय सिमा भित्रै सम्पन्न गर्छौं : अध्यक्ष डाक्टर बन्जाडे


अमेरिका, बोस्टन। नेपाल बाहिर रहेका प्रवासी नेपालीहरु आबद्ध संस्था गैरआवासीय नेपाली संघ(एनआरएनए)लामो समयदेखि आन्तरिक विवादमा जेलिदै आइरहेको छ। विवादहरु उत्कर्षमा पुगेकाले कानूनी उचारका लागि सर्वोच्चसम्म पुगिसक्दा पनि सर्वमान्य निकास अझै निस्किन सकेको छैन। पद लोलुपता, स्वार्थ, विवाद, आरोप प्रत्यारोप, छिनाझम्टी, राजनितिक खिचातानी, सरकारी हस्तक्षेप आदिइत्यादिका कारण एनआरएनएको संस्थागत उद्देश्यहरु कागतमै सिमित छन्।

विवादै विवादको घेराबन्दीका बिच यतिबेला शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकताको हवाला दिदै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए,आइसिसि)को अधिवेशन यही मे ३ देखि ५ सम्म काठमाण्डौंमा गर्न खोजिरहेको छ। एकता अधिवेशन भनिएतापनि अझैसम्म उक्त अधिवेशनले सर्वमान्य निकास निकाल्न सक्छ भन्ने छनक भने देखाउन सकिरहेको छैन। एनआरएनए, आइसिसिको अन्योलताका कारण एनआरएनए, एनसिसिहरु पनि प्रभावित भइरहेका छन्। संसारको विभिन्न देशहरुमा रहेका एनआरएनए, एनसिसिहरुको अधिवेशन नजिकिदै गर्दा पनि सदस्यहरुमा यथोचित चासो,  उर्जा, उत्प्रेरणा र सक्रियता जाग्न सकिरहेको छैन।

एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष:डा.अर्जुन बन्जाडे।

यिनै अन्योलताकाबीच गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,एनसिसि), अमेरिकाले भने विधान अनुसार आफ्नो अद्यावधिक निर्वाचन आउदो सन् २०२५, जुलाई महिना भित्रै सम्पन्न गर्ने तयारी गरेको छ। डाक्टर अर्जुन बन्जाडेको नेतृत्वमा रहेको एनआरएनए, एनसिसि, अमेरिकाको वर्तमान कार्यसमितिले संघको आगामी दुइ वर्षीय कार्यकाल(सन् २०२५-२७)का लागि नयाँ कार्यसमिति चयन गर्न आउदो जुलाई महिना भित्रै अधिवेशन गर्ने तयारी गरेको जनाएको छ।

संघका अध्यक्ष डाक्टर बन्जाडेले हिमालय खबरसंग कुराकानी गर्दै आगामी निर्वाचनका बारेमा यस्तो बताएका हुन्। उनले एनआरएनए, आइसिसिमा कायम रहेको विवादले केही अन्योलता जस्तो देखिएको भएतापनि, एनआरएनए, एनसिसि, अमेरिकालाई आफ्नो निर्वाचन गर्न त्यसले बाधा नपर्ने जिकिर गरे। आगामी निर्वाचन यही आउदो जुलाई महिना भित्रै सम्पन्न गर्ने गरी छलफल अगाडि बढिरहेको बताउदै उनले भने, ‘आगामी निर्वाचनका बारेमा छलफल अगाडि बढिरहेको छ। निर्वाचन यही आउदो जुलाई महिना भित्रै गर्ने हाम्रो तयारी छ। निर्वाचन समय सिमा भित्रै सम्पन्न गर्छौं।’

निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिदै अध्यक्ष डाक्टर बन्जाडेले आगामी निर्वाचनसंग सम्बन्धित क्रियाकलापहरुको समय तालिका हालसम्म आधिकारिक रुपमा टुङ्गोमा नपुगिसकेको बताए। कुराकानीका क्रममा उनले यही आउदो मे महिनाको पहिलो साताबाटै सदस्यता वितरण कार्यलाई अगाडि बढाएर जुलाई महिनाको १९-२० तारिखमा निर्वाचन गरी जुलाई २६ तारिखमा पद हस्तान्तरण गर्न सकिने अनुमानित समय तालिकाको खाका प्रस्तुत गरे। नयाँ सदस्यता वितरण एवम् पुरानो सदस्यता नविकरणका लागि सन् २०२३ मा प्रयोग गरिएको एमआइएस प्रणालीलाई नै प्रयोग गर्दा छिटो, छरितो, सजिलो, मितव्ययी र प्रभावकारी हुने तर्क गर्दै अध्यक्ष डाक्टर बन्जाडेले त्यही प्रणालीलाई नै निरन्तरता दिएर सदस्यता सम्बन्धी पाटो समयमै टुङ्गोमा पुर्याउन सकिने बताए। उनले निर्वाचनका सम्बन्धमा आवश्यक छलफल गरेर छिट्टै नै संस्थागत आधिकारिक निर्णय लिने र कार्यतालिका सार्वजनिक गरेर अघाडि बढिने बताए।

डाक्टर बन्जाडेको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिलाई झण्डै दुइ वर्ष अघि सन् २०२३ को जुलाई २२ र २३ तारिख (शनिबार र आइतबार) मा सम्पन्न संघको निर्वाचनले चयन गरेको थियो। उक्त कार्यसमितिले सन् २०२३, जुलाई ३० तारिख आइतबार सपथ तथा पदभार ग्रहण गरेसंगै विधान अनुसारको दुइ वर्षीय कार्यकाल प्रारम्भ भएको थियो। जस अनुसार यस कार्यसमितिको अवधि अझै ९५ दिन बाँकी छ।


 

शेयर गर्नुहोस:

459
Shares