मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन

पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।

अस्पतालले निधनको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले बताए । स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

Advertisement

छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल अस्पताल लगिएको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए । नेता नेपालको अति सघन कक्षा (सिसियु) मा उपचार भएको थियो । उनको उपचार डाक्टर सुरज गुप्तासहितको टोलीले गरिरहेकोमा भर्खरै निधन भएको अस्पताल प्रशासनले जनायो ।

विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

उनले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग वैवाहिक जीवन शुरु गरेका हुन् । साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाइ हुन् ।

उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे ।

नेपालमा पहिलोपटक सरकारी लगानीमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको हो ।

शेयर गर्नुहोस:

108
Shares