काठमाडौँ । यातायात सहजरुपमा सञ्चालन गर्न गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा…