काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अविरल वर्षाका कारण व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको क्षति भएकामा उनले दुःख व्यक्त गरेका हुन् । उनले भनेका छन्- ‘मानिसहरु बेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका…