मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप : अध्यक्ष नेपाल

शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप : अध्यक्ष नेपाल

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संविधान, कानुन र वर्तमान व्यवस्थाविपरीत प्रर्दशनकारी समूहले मानवीयसहित विभिन्न स्थानमा भौतिक संरचना तोडफोड, आगजनीलगायत गरेका घटना आपराधिक क्रियाकलाप भएकाले सरकारले यथाशीघ्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको शान्ति सुव्यवस्था खलबलाउने उक्त घटना अराजनीतिक तथा निन्दनीय रहेको धारणा राखे । मुलुकको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएर शान्ति सुरक्षासहित नागरिकको ज्यानको रक्षाको जिम्मेवारीलाई थप सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले घटनामा संलग्न अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै परिवर्तन पक्षधर सबै देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्व हुन आह्वान गरे ।

राजावादी समर्थकद्वारा शुक्रबार भएको घटनाको क्षतिबारे बुझ्न गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका थिए ।