कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन् गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास सुरू भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन् गर्दा पाएका पुरातात्व सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खनन्मा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्षअघि यहाँ…