बाजुरा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित…