मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित


स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् ।
 
भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । 
 
उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेका छन् । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ ९२० मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । 
 
भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरेका छन् । उनले एक हजार सात सय ८६ मतान्तरले विजयी भएका छन् ।