मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित


बाजुरा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । 
 
कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गरेका हुन् । 
 
राष्ट्रियसभाका पूर्वसांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन् । उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य थिए । 
 
जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदातामध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।