टोकियो । जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ । यहाँको कार्बनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ । पर्यावरण मन्त्रालयले सन् १९९० मा यससम्बन्धी तथ्याङ्क सङ्कलन सुरू गरिएदेखि मार्च सन् २०२३ सम्मको एक वर्षको अवधिमा पहिलोपटक उत्सर्जनमा…