मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुँदैछ प्रदर्शन ?

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुँदैछ प्रदर्शन ?

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा पनि देखिएको छ । गुगलका कर्मचारीहरूले क्यालिफोर्निया र न्युयोर्कस्थित आफ्नो कार्यालय परिसरमा ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले गुगलले इजरायली सरकारसँग काम गर्न नहुने माग राखेका छन् । गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा करिब आठ घन्टासम्म विरोध प्रदर्शन भएको थियो । तर, पनि उनी नहटेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा पनि शेयर भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार सम्पूर्ण विरोधको मुख्य कारण प्रोजेक्ट निम्बस हो, जुन २०२१ मा गुगल र इजरायल सरकारबीच हस्ताक्षर भएको थियो । एआई ठेक्का परियोजनाको लागत एक अर्ब डलर रहेको छ । मंगलबार गुगल क्लाउडका सिइओ थोमस कुरियनको कार्यालयलाई कर्मचारीको एक समूहले घेरा हालेका थिए ।

उनीहरुले लगातार आठ घन्टासम्म प्रदर्शन गरे । उनीहरुले आफ्नो प्रस्तुतिको प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रदर्शनकारीहरूले गुगलले इजरायल र इजरायली सेनासँगको सबै सम्बन्ध तोड्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रोजेक्ट निम्बस र इजरायली सरकारको समर्थनको आलोचना गरेका छन् । कम्पनीमा सफ्टवेयर इन्जिनियरका रुपमा कार्यरत कैयौँ कर्मचारीहरुले प्रोजेक्ट निम्बसका कारण राजीनामा दिएकोसमेत बताइएको छ । एजेन्सी