मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्यानडाको सबैभन्दा ठूलो सुन डकैतीमा दुई भारतीयको संलग्नताको खुलासा

क्यानडाको सबैभन्दा ठूलो सुन डकैतीमा दुई भारतीयको संलग्नताको खुलासा


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font
  • change font

टोरोन्टो । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले छ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै, क्यानडा प्रहरीले थप तीन जनालाई पनि वारेन्ट जारी गरेको छ ।

प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती थियो।

Advertisement

गत वर्ष अप्रिल १७ मा सुनको डण्डी र २२ करोड क्यानेडियन डलरभन्दा बढीको विदेशी मुद्रा बोकेको एयर कार्गो कन्टेनर नक्कली कागजात प्रयोग गरेर चोरी भएको प्रहरीले जनाएको थियो । स्विजरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमार्फत सो सुन र मुद्रा ल्याइएको हो ।

प्रहरीका अनुसार यस डकैतीमा एयर क्यानडाका दुई पूर्वकर्मचारीको नाम पनि बाहिर आएको छ । उनीहरुमध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । दोस्रो व्यक्तिलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। यसै क्रममा प्रहरीले बुधबार धेरैलाई पक्राउ गरी यसबारे खुलासा गरेको थियो ।

आरोपितहरुको नाम परमपाल सिद्धु (५४) र अमित जलोटा (४०), अम्माद चौधरी (४३), अली रजा (३७) र प्रसाद परमालिङ्गम (३५) रहेका छन् । जसमध्ये परमपाल र अमित जलोटा भारतीय मूलका हुन् । चोरीका बेला सिद्धु एयर क्यानडामा काम गरिरहेका थिए ।

शेयर गर्नुहोस:

1.1k
Shares