बिश्व घटना

क्यानडाको सबैभन्दा ठूलो सुन डकैतीमा दुई भारतीयको संलग्नताको खुलासा

क्यानडाको सबैभन्दा ठूलो सुन डकैतीमा दुई भारतीयको संलग्नताको खुलासा


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font

टोरोन्टो । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले छ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै, क्यानडा प्रहरीले थप तीन जनालाई पनि वारेन्ट जारी गरेको छ ।

प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती थियो।

Advertisement

गत वर्ष अप्रिल १७ मा सुनको डण्डी र २२ करोड क्यानेडियन डलरभन्दा बढीको विदेशी मुद्रा बोकेको एयर कार्गो कन्टेनर नक्कली कागजात प्रयोग गरेर चोरी भएको प्रहरीले जनाएको थियो । स्विजरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमार्फत सो सुन र मुद्रा ल्याइएको हो ।

प्रहरीका अनुसार यस डकैतीमा एयर क्यानडाका दुई पूर्वकर्मचारीको नाम पनि बाहिर आएको छ । उनीहरुमध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । दोस्रो व्यक्तिलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। यसै क्रममा प्रहरीले बुधबार धेरैलाई पक्राउ गरी यसबारे खुलासा गरेको थियो ।

आरोपितहरुको नाम परमपाल सिद्धु (५४) र अमित जलोटा (४०), अम्माद चौधरी (४३), अली रजा (३७) र प्रसाद परमालिङ्गम (३५) रहेका छन् । जसमध्ये परमपाल र अमित जलोटा भारतीय मूलका हुन् । चोरीका बेला सिद्धु एयर क्यानडामा काम गरिरहेका थिए ।