मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

राजपरिवारसँग विवाद भएपछि राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

राजपरिवारसँग विवाद भएपछि राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

क्यालिफोर्निया । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिकरुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् ।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको थियो ।

यसअघि ह्यारीले सधैँ आफ्नो प्राथमिक ठेगानाको रूपमा बेलायत लेख्ने गर्दथे । यो परिवर्तन २९ जुन २०२३ मा गरिएको थियो । तर, यो जानकारी अहिले बाहिर आएको हो । गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उनकी श्रीमती मेगनले अब बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो ।

फ्रोगमोर कटेज त्यही घर हो जुन रानी एलिजाबेथले उनको विवाहमा २०१८ मा उपहार दिएकी थिइन् । वास्तवमा, ह्यारीले आफ्नो संस्मरण ‘स्पेयर’ मा शाही परिवारको बारेमा धेरै विवादास्पद टिप्पणी गरेका थिए । यसपछि ह्यारी र उनका बुबा राजा चार्ल्सबीच विवाद बढेको थियो ।

मार्च २०२१ मा, प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टिभी च्यानललाई अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा मेगनले शाही परिवारमाथि नस्लवादको आरोप लगाएकी थिइन् । उनले शाही परिवार आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताएका थिए, किनभने उनको जन्म हुनुअघि नै उनको अनुहार कालो हुने डर थियो । यसपछि राजपरिवारले बयान दिनुपरेको थियो । सो अन्तर्वार्तापछि दरबारले विज्ञप्ति जारी गर्दै शाही परिवारले रंगभेदसँग सम्बन्धित मुद्दालाई गम्भीरताका साथ लिएको बताएको थियो ।

मेगनले अन्तर्वार्तामा शाही परिवारमा आबद्ध भएपछि आफ्नो स्वतन्त्रता निकै कम भएको खुलासा गरेकी थिइन् । अन्तर्वार्ताका क्रममा प्रिन्स ह्यारीले आफू र आफ्नी श्रीमतीप्रति गर्व गरेको पनि बताए र उनले गर्भावस्थामा निकै खराब चरणबाट गुज्रिएको बताएका थिए ।

प्रिन्स ह्यारी र मेघन मार्कलले २०२० मा राजतन्त्र छोडेपछि बेलायती शाही परिवारसँगको सम्बन्ध बिग्रियो । यसपछि गत वर्ष नेटफ्लिक्समा आएको प्रिन्स ह्यारीको डकुमेन्ट्री र त्यसपछि उनको पुस्तक ‘स्पेयर’ ले दुई पक्षबीचको विवाद झनै बढाएको थियो ।

राजकुमार ह्यारीले पुस्तक र वृत्तचित्रमा शाही परिवारको धेरै तरिकामा आलोचना गरेका थिए । एजेन्सी

शेयर गर्नुहोस:

189
Shares