मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिएर उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनको साँच्चिकै सहयोगी हो कि होइन भन्ने छनोट गर्नुपर्ने बताएका छन् ।

नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा जेलेन्स्कीले भने, “हाम्रो आकाश फेरि सुरक्षित हुनुपर्छ । यो पूर्णरूपमा तपाईंको छनौटमा निर्भर गर्दछ । जीवन वास्तवमा सबै ठाउँमा समान मूल्यवान छ कि छैन छनोट गर्नुहोस् । तपाईंसँग सबै साझेदारहरूको समान मनोवृत्ति छ कि छैन छनोट गर्नुहोस् । हामी वास्तवमै सहयोगी हौँ कि होइनौँ भन्ने निर्णय गर्नुहोस् ।”

जेलेन्स्कीले जमिन र हावाबाट रूसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्बिर प्रस्तुत गर्दै युक्रेनले पश्चिमी सहयोगबिना आफ्नो प्रतिरक्षा गर्न नसक्ने बताए ।

उनले भने, “यो स्पष्ट छ रूससँग हवाई आक्रमणका लागि शक्ति छ । यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमिनमा हाम्रो क्षमता सीमित छ ।”

जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्त्वपूर्ण निर्णय’ भने ।

रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ ।

रूसी हवाई आक्रमणका कारण दर्जनौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरहरूको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताए ।

जेलेन्स्कीले नेटो–युक्रेन परिषद्को बैठकमा भने, “रक्षा गर्न, हामीलाई थप सात ‘प्याट्रियट्स’ वा यस्तै हवाई रक्षा प्रणाली चाहिन्छ र यो न्यूनतम सङ्ख्या हो । ती हतियारले धेरै युक्रेनी जीवन बचाउन सक्छन् र वास्तवमा स्थिति परिवर्तन गर्न सक्छन् ।”

उनले थपे, “यो वर्ष हामी निर्णयको प्रतीक्षा गर्न सक्दैनौँ ।” युक्रेन रुसी आक्रमण रोक्न पश्चिमी, मुख्यतया अमेरिकी सैन्य समर्थनमा निर्भर छ । एएफपी