पञ्चमी पूजा सम्पन्न गरिएसंगै बिदा भो नेपालीहरुको बहुआयामी महान चाड ‘हरितालिका तीज’

हिन्दू धार्मिक विधि अनुसार पञ्चमी पूजा सम्पन्न गरिएसंगै नेपालीहरुको बहुआयामी महान चाड 'हरितालिका तीज' बिदा भएको छ। अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा रहेका आप्रवासी नेपाली नारीहरुले धार्मिक विधि अनुसार पञ्चमी पूजा गरेर यस वर्षको हरितालिका तीजलाई बिदाइ गरेका छन्। आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा, रितिरिवाज, लवाइ खवाइ, बोलीचाली, चालचलन आदिलाई आत्मसात् गरेर अमेरिकाको व्यस्त दैनिकीलाई पनि…