मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

युक्रेनले रुससँग हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्छ : युक्रेनी प्रधानमन्त्री

युक्रेनले रुससँग हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्छ : युक्रेनी प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन् ।

डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन् । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ ।

उनले भने, यदि हामी बचेनौँ भने, ‘युक्रेनले हार्नेछ । यसले गर्दा अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ध्वस्त हुनेछ । विश्वलाई सुरक्षाको लागि नयाँ प्रणाली चाहिन्छ । त्यसो भए नयाँ तनाव उत्पन्न हुन सक्छ । यस्ता धेरै युद्धहरू देख्न सकिन्छ। यो विषय तेस्रो विश्वयुद्धतिर जान सक्छ ।’

तर, युक्रेनले पराजयको अवस्थामा यस्तो चेतावनी दिएको यो पहिलोपटक भने होइन । गत वर्ष युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरू गर्न रुसले पोल्याण्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए । तर, त्यस्ता दाबीलाई रुसले अस्वीकार गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी युरोपमा आक्रमण गर्ने रुसको दाबीलाई पूर्ण ‘बकवास’ भनेका थिए ।