बेइजिङ । दक्षिणी चीनको झुहाई सहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएको स्थानीय प्रहरीले मंगलबार जानकारी दिएको छ । सोमबार नै यो घटनाको जानकारी दिइएको थियो । तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू…