मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिश्व घटना   

अमेरिकामा बसेर नेपालमा अनलाईन जुवा खेलाउने इन्जिनियर नेपाल घुम्न जाँदा पक्राउ

अमेरिकामा बसेर नेपालमा अनलाईन जुवा खेलाउने इन्जिनियर नेपाल घुम्न जाँदा पक्राउ

छिटो पैसा कमाउने मोहमा अमेरिका बसेर नेपालमा कारोबार सञ्चालन गरेका जिसी हाल प्रहरी हिरासतमा


पोखरा – अमेरिका बस्दै आएका पर्वतका रुपेन्द्र जिसी नेपाल छुट्टी मनाउन आएपछि अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

जिसी, जो पेशाले आइटी इन्जिनियर हुन् र अमेरिकामा विद्यावारिधी गरिरहेका थिए, केही समयअघि नेपाल आएका थिए। तर, प्रहरीले उनलाई अनलाइन जुवा खेलाउने तथा अवैध क्रिप्टोकरेन्सी कारोबार सञ्चालन गरेको आरोपमा पक्राउ गरेको छ।

Advertisement
ADVERTISEMENT

प्रहरीका अनुसार जिसीले पोखरा–१४ चाउथेमा रहेको आफ्नो घरलाई अनलाइन जुवा खेलाउने केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए। प्रहरीले प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाएपछि, २३ फागुनमा घरमा छापा मारेर जिसी र उनका सहयोगीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा प्रहरीले विभिन्न डिजिटल उपकरणहरू बरामद गरेको छ, जसमा ३१ वटा मोबाइल फोन, ४ वटा ल्यापटप, ३ वटा कम्प्युटर, पेनड्राइभ, हार्डड्राइभ लगायतका सामग्री रहेका छन्। प्रहरीका अनुसार, जिसीको नेतृत्वमा अहिलेसम्म करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ।

यस घटनामा संलग्न भएको आरोपमा जिसीसँगै उनका आफन्त विक्रम बानियाँ, सज्जन घिमिरे, रोजन केसी, र सन्दीप कटुवाललाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार, जिसी आफैंले लगानी गर्ने र आफन्तहरूलाई प्रयोग गरेर नेपालमा कारोबार गराउने गर्थे।

प्रहरी अनुसन्धानमा ह्वाट्सएप, टेलिग्राम, क्यास एप जस्ता अनलाइन माध्यमहरू प्रयोग गरेर आर्थिक कारोबार गर्ने गरेको खुलेको छ। विक्रम बानियाँ र सन्दीप कटुवाल नेपालमा एजेन्टको रूपमा काम गरिरहेका थिए भने रोजन केसी र सज्जन घिमिरे आर्थिक कारोबार हेर्थे।

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध भए पनि अन्य केही देशहरूमा यो वैध रहेको छ। काठमाडौंमा यस्ता गतिविधिहरू पहिलेदेखि देखिँदै आए पनि कास्कीमा यसरी ठूलो मात्रामा कारोबार भएको पहिलो घटना भएको प्रहरीको भनाइ छ।

छिटो पैसा कमाउने मोहमा अमेरिका बसेर नेपालमा कारोबार सञ्चालन गरेका जिसी हाल प्रहरी हिरासतमा छन्। नेपालमा सात दिनको म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस:

34.2k
Shares