मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ


शेयर गर्नुहोस:

540
Shares

  • change font
  • change font
  • change font

किएभ । युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोसेन्को र युलिया टिमोसेन्कोले बिहीबार वासिङ्टन अधिकारीहरूले उनीहरूको टोलीसँग छिटो मतदान गर्नेबारे कुराकानी गरेको खबर आएपछि शान्तिकाल नआउँदासम्म चुनावमा प्रतिबन्ध लगाउने कुरालाई समर्थन गरेका छन् ।

युक्रेनले मार्सल लअन्तर्गत चुनावमा प्रतिबन्ध लगाएको छ तर रुस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले राष्ट्रपति भोलोदिमर जेलेन्स्की वैध नेता नभएको तर्क गर्दै चुनावको माग गरेका छन् ।

अमेरिकी समाचार आउटलेट पोलिटिकोले बिहीबार ट्रम्पका वरिष्ठ सहयोगीहरूले टिमोसेन्को र पोरोसेन्कोको पार्टीका वरिष्ठ सदस्यहरूसँग देशले छिटो राष्ट्रपति चुनाव गर्न सक्छ कि भन्नेबारे गोप्य छलफल गरेको जनाएको छ ।

विपक्षी युरोपेली सोलिडारिटी पार्टीका नेता तथा रोसेन कन्फेक्सनरी निर्माताका संस्थापक पोरोसेन्को सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र सन् २०१९ को चुनावमा जेलेन्स्कीसँग पराजित भएका थिए ।

बिहीबार एक बयानमा उनले आफ्नो टोली ‘सधैँ युद्धको समयमा चुनाव गराउने विरुद्धमा रहेको र स्पष्ट रूपमा रहेको’ बताए ।

पोरोसेन्कोले आफ्नो टोलीले ‘युक्रेनका लागि द्विदलीय समर्थन कायम राख्न सार्वजनिक र पारदर्शीरूपमा’ काम गरिरहेको बताए ।

जेलेन्स्कीको प्रशासनको आलोचना गर्दै उनले युक्रेनी सरकार र अमेरिकी प्रशासनबीच ‘सञ्चारको अभाव’ भएको र ‘यसले राज्यलाई जोखिममा पारेको’ बताए ।

गत महिना जेलेन्स्कीले बढ्दो आन्तरिक द्वन्द्वका बीच पोरोसेन्कोलाई देश छोड्न प्रतिबन्ध लगाएका थिए र उनको सम्पत्तिमा पहुँचमा रोक लगाएका थिए । एएफपी

शेयर गर्नुहोस:

540
Shares