मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नागरिकता खोइ अभियानले ड्यालसमा अन्तरकृया गर्दै

नागरिकता खोइ अभियानले ड्यालसमा अन्तरकृया गर्दै


शेयर गर्नुहोस:

1.9k
Shares

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । नेपाली नागरिकताको निरन्तरताको लागि कृयाशील अभियान नागरिकता खोईले यही मार्च दोस्रो साता टेक्ससको ड्यालसमा अन्तरकृया कार्यक्रम गर्न लागेको छ ।

गैर आवासीय नेपालीहरुले पहिले पाइसकेको वंशजको नेपाली नागरिकतानै कायम हुनुपर्ने मागलाई जनस्तरसम्म लैजान अमेरिकाव्यापी कार्यक्रम गर्ने क्रममा टेक्ससको ड्यालस र ह्युस्टनमा कार्यक्रम गर्न लागिएको अभियानका संयोजक बासुदेब घिमिरेले बताए ।

गैर आवासीय नेपाली संघ लगायतका संस्थाहरुले नेपाली नागरिकताको निरन्तरताको लागि पैरवी गर्न नसकेको जनाउँदै अभियानले संसारभरि रहेका नेपालीहरुलाई जोड्नका लागि अन्तरकृया गर्न लागेको हो । गैरआवासीय नेपाली संघ लगायतका संस्थाहरुले नागरिकताको निरन्तरताको लागि खासै पैरवी गर्न नसकेकोले नागरिकता खोइ अभियानले संसारभरि रहेका नेपालीहरुलाई जोड्नका लागि अन्तरक्रिया गर्न लागेको कुरा उनले बताए ।

मार्च दोस्रो साता ड्यालसबाट सुरु हुने कार्यक्रम अमेरिकाका बिभिन्न शहरहरुमा हुनेछन् । अभियानले मार्च १५ मा ड्यालस , मार्च १६ मा ह्युस्टन र मार्च २२ मा लसएन्जलसमा अन्तरक्रिया कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिने जनाइएको छ ।

शेयर गर्नुहोस:

1.9k
Shares