लस भेगास । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट र ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचन मिति (नोभेम्बर ५) नजिकिँदै गर्दा दुवै उम्मेदवारले एकअर्काका कमजोरी खोतल्दै आरोपप्रत्यारोप…