ड्यालस (टेक्सस) – अमेरिकन नेप्लिज एसोसिएसन (एएनए) का तत्कालिन केही पदाधिकारीहरुले अवरोध नपुर्याएको भए शायद हिरबहादुर (ह्यारी) भण्डारीका समय आज पनि नेपाली संघसंस्थामै रुमल्लिइरहेको हुनसक्थ्यो । उही जनसम्पर्क समिति, त्यही एनआरएन, बाना अनि डिसी र न्यूयोर्कका नेपाली संघसंस्थामै उनी अल्झिरहेका हुनसक्थे । तर समयमै नेपाली संघसंस्थाहरुमा आफ्नो उर्वर समयको लगानीलाई नियन्त्रण गरेका कारण यतिखेर…