मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अन्तर्राष्ट्रिय विद्यार्थीहरु ओपिटीमा अहिलेसम्मकै सबैभन्दा बढी

अन्तर्राष्ट्रिय विद्यार्थीहरु ओपिटीमा अहिलेसम्मकै सबैभन्दा बढी


वासिङटन डिसी (अमेरिका) – अमेरिकामा विदेशी विद्यार्थीहरुका लागि अध्ययन समाप्ती पछि प्रदान गरिने ‘अप्सनल ट्रेनिङ प्रोग्राम’ का लागि अहिलेसम्मकै सबैभन्दा बढी सहभागी भएका छन् । 
 
दुईलाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अहिले ओपिटी अन्तरगत काम गर्न अनुमति पाएका छन् । यो संख्या २०१७-२०१८ शैक्षिक शत्रको सबैभन्दा धेरै भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
अमेरिकामा कलेजबाट ग्राजुएट भएपछि १२ महिनासम्म काम गर्नका लागि अनुमति दिने चलन छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा ग्राजुएट हुनेलाई भने अधिकतम ३६ महिना (तीन वर्ष) सम्मको लागि ओपिटी दिइन्छ । 
 
ओपिडीले कम्पनीलाई दक्ष जनशक्ति खोज्नका लागि सहज बनाएको छ । अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरुले ओपिटीकै क्रममा रोजगारदाताहरुलाई आफ्नो क्षमता प्रस्तुत गरेर एचवान बी हुँदै ग्रीनकार्ड प्राप्त गर्छन् । 
 
यो वर्ष अमेरिकामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या भने घटेको छ । विगत वर्षको तुलनामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या भने १० प्रतिशतले घटेको छ । तस्बिर: सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares