ड्यालस (टेक्सस) – फेसबुकमा मात्र सिमित नभएर सामुदायिक कृयाकलापमा पनि उतिकै सकृय समुहको रुपमा अलग्गै अस्तित्व बनाउन सफल समुह एमअारअार (MRR) को सातौं बार्षिकोत्सव डिसेम्बर ८ मा हुने भएको छ ।
च्यारिटी सहितको पिकनिक कार्यक्रम ग्रेपभाइन लेकमा अायोजना गर्न लागिएको जानकारी शनिबार अायोजित कार्यक्रममा दिइयो ।
उक्त कार्यक्रमबाट संकलन भएको रकम चितवन इच्छाकामना गाउँपालिका स्थित श्री नान्दार प्राथमिक बिद्यालयको जिर्ण भवन संरचना निर्माणमा प्रयोग हुने अायोजकले जनाएका छन् ।
३३ घरधुरी रहेको उक्त गाउमा शिक्षाको एकमात्र आधारभुत श्रोत सो बिद्यालय २०७२ सालको भुकम्पले ध्वस्त भएको थियो ।
बिधालयको भौतिक संरचना ध्वस्त भइ हाल टिनले बारेर दुइ वटा मात्र कक्षाकोठा सन्चालनमा छ ।
करिब ३० लाखमा निर्माण सप्पन्न गर्ने लक्ष्यका साथ एमअारअार समूह अघि बढेको छ । यो अभियनमा सहयोग गर्नका लागि समूहले अपिल गरेको छ ।
प्रतिक्रिया