हिमालयखवर संवाददाता
अमेरिका – टेक्ससका अधिकांश ग्यांस स्टेशनमा एक ग्यालन ग्यांस (तेल) को मूल्य दुई अमेरिकी डलर भन्दा कममा झरेको छ । अमेरिकाको महत्वपुर्ण मध्ये एक चाड थ्यांक्सगिभिगंका वेला ग्यांसको मूल्य घटेर अमेरिकी उपभोक्ताका लागि थप खुशी वनाएको छ । यो सवैभन्दा वढी अमेरिकी सडक र हवाई यात्रामा निस्कने समय पनि हो ।
तेलको मूल्य घट्दा अमेरिकी मात्र होइन तेल उत्पादक देशवाहेक अन्य सवै देशका उपभोक्तालाई फाइदा भएको छ । भारतमा लगातार अन्तराष्ट्रिय बजारमा तेलको मूल्य वढ्दा नरेन्द्र मोदी सरकारलाई टाउको दुखाईको विषय भएको थियो । नेपालमा पनि केही साता यता पटक पटक तेलको मूल्य वढेको थियो । अन्तराष्ट्रिय मूल्य तल आएका कारण भारतमा केही दिन यता मात्र २८ पटकले तेलको मुल्य तल झर्यो ।
अमेरिकाका राष्ट्रपतिले भने कच्चा तेल घटेकोमा साउदी अरेविलाई धन्यवाद दिएका छन् । साउदी अरव विश्वकै प्रमुख तेल उत्पादन गर्ने देश हो ।
केही साता अघि प्रति व्यारल ८२ डलरमा पुगेको कच्चा तेलको मूल्य अहिले ५२ मा झरेको छ । त्यसले अमेरिकामा तपाईले हाल्ने ग्यांसको मूल्य घटेको हो । अमेरिकामा ग्यांसको मूल्य कुनै स्टेटमा वढी कुनैमा घटी हुने गर्छ । तर, औषतमा अहिले अमेरिकी बजारमा ग्यांसको मूल्य प्रति ग्यालन साढे २ डलरको हाराहारीमा झरेको छ ।
आफ्नो एक ट्वीटमा अमेरिकी राष्ट्रपति ट्रम्पले कच्चा तेलको मूल्य घटिरहेको छ , यो निकै राम्रो हो, यो अमेरिका र विश्वकै लागि महत्वपूर्ण राहत हो । यसका लागि धन्यवाद साउद अरव, तर, अझै उसलाई तल जान देउ भनेका छन् ।
वासिंटन पोष्टका पत्रकार जमाल खशोगीको हत्याका कारण साउदी अरवको विश्वभर विरोध भईरहेको छ । यस विषयमा अमेरिका साउदी अरब विचको सम्वन्धका विषयमा पनि विभिन्न टिकाटिप्पणी भएका थिए । तर, अमेरिकाको साउदी अरवसंगको सम्वन्ध विस्तारै पुन सुधार हुदैं गएको देखाउंछ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी पत्रकारहरुसंग अमेरिका साउदी अरबसंग अलग हुदां कच्चा तेलको मूल्य आकाश छुन सक्थ्यो मैले यसलाई सस्तो बनाए भन्ने प्रतिकृया दिएका छन् ।
कच्चा तेल सस्तो वनाउने उद्देश्यले साउदी अरबले अमेरिकाको साथ दिएको पनि ट्रम्पले वताए । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया